कोरोना भाइरसका कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने आठ जनाको मृत्यु भएको छ । यो चीन बाहिरको सबैभन्दा धेरै संख्या हो ।
उता जापानको डायमन्ड प्रिन्सेसमा मंगलबार अर्का एक युवकको मृत्यु भएको छ । अहिलेसम्म क्रुजमा सवार तीनजनाको मृत्यु भइसकेको छ । साथै चीनमा एकैदिन ७१ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै हुबेई प्रान्तमा ६८ जनाको मृत्यु भएको छ ।
चीनको स्वास्थ्य प्राधिकरणले मंगलबार दिएको जानकारी अनुसार चीनमा सोमबार ५ सय ८ नयाँ संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथै ७७ हजार ६ सय ५७ संक्रमितको पुष्टि भइसकेको छ । २७ हजारभन्दा बढीलाई अस्पतालबाट छुट्टी दिइएको पनि जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण