नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्य सहित चण्डिराज ढकाल र महासंघका सातमध्ये पाँचवटा प्रदेशका अध्यक्षहरुको पनि उपस्थिति थियो ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले महासंघको भावि अध्यक्षमा शेखर गोल्छालाई पाएको बताए । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान भएकाले वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुने गरेको छ ।
ढकालले नेपालमा राजनीतिक स्थायित्व भएसँगै लगानीको वातावरण पनि बन्दै गएकाले उद्यमी व्यवसायीलाई लगानीका लागि प्रसस्त अवसर भएको बताए । उनले भने, राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।’
‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका ढकालले महासंघको भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गतिशीत टीम बन्ने विश्वास पनि व्यक्त गरे ।
त्यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण