नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिकोत्सव अफरः ३४ प्रतिशत क्यासब्याक देखि गोसाइकुण्ड भ्रमण प्याकेज
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ र सो अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।
बैंकले वार्षिकोत्सव ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्यमान्यताको एक हिस्सा हो ।
पहिलो योजनाअन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टर कार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक अफर दिएको थियो जुन अधिकतम रु ३,४०० रुपैयाँसम्मको थियो ।
दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुण्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।
बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन “बैंकसँगको नाता मेरो आफ्नै बचत खाता” अभियानसहितको कमिक बुक पनि ल्याएको थियो ।
कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्य मूल्य–मान्यता हो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण