रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै
रुकुम । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए ।
उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा एक, डाकाचोरीका तीन, हातहतियार खरखजना, सवारी ज्यान, करार बदर र जग्गा किचलोका एक÷एक मुद्दा दर्ता भएका छन् ।
यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएकोे जानकारी दिए । बुधबार आयोजित पत्रकार भेटमा उनले वैदेशिक रोजगार, मदिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कुटपिट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
-
समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन
-
कास्कीमा चेक बाउन्सका मुद्दाले हैरान
-
भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
-
अदालतले पुनः मतगणनाको फैसला गरेपछि व्यासका मेयर भन्छन्- नतिजामा कुनै तलमाथि हुँदैन