रुकुमपूर्व अदालतमा सम्बन्धविच्छेद मुद्दा धेरै
रुकुम । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए ।
उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा एक, डाकाचोरीका तीन, हातहतियार खरखजना, सवारी ज्यान, करार बदर र जग्गा किचलोका एक÷एक मुद्दा दर्ता भएका छन् ।
यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएकोे जानकारी दिए । बुधबार आयोजित पत्रकार भेटमा उनले वैदेशिक रोजगार, मदिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कुटपिट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण