ललितपुरको खोकनामा सनराइज बैंकको एक्सटेन्सन काउण्टर संचालन
सोमबार, १९ फागुन २०७६, १२ : ०१

ललितपुर– आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरको खोकनामा ९औँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
फाल्गुन १८ गते आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।