भोजपुरमा नोबेलको शिविरबाट सात सय बिरामी लाभान्वित
भोजपुर । नोबेल शिक्षण अस्पतालले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सात सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । वडा कार्यालयसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरबाट ४ सय १३ महिलासहित ७ सय ६५ बिरामीको निःशुल्क उपचार गरिएको हो ।
नोबेलबाट गएका विशेषज्ञ चिकित्सकहरुले शिविरमा सामान्य शल्यक्रियासमेत गरेका छन् । शरिरमा गाँठागुँठी पलाएका २३ जना बिरामीको शिविरमै शल्यक्रिया गरिएको हो । त्यस्तै दाँतमा समस्या भएका ४५ जनाको दाँत निकालिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका २ सय १ जनाको भिडियो एक्सरे, १ सय ९५ जनाको ल्यावटेष्ट र १ सय ५ जनाको इसीजी गरिएको छ ।
गाउँमै शल्यक्रियासहितको सेवा पाउँदा बिरामीहरुले खुःशी व्यक्त गरेका छन् । पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केहि दिन अघि संखुवासभाका दुई स्थानमा पनि शिविर सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण