मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भोजपुरमा नोबेलको शिविरबाट सात सय बिरामी लाभान्वित

मङ्गलबार, २० फागुन २०७६, १२ : ३७
मङ्गलबार, २० फागुन २०७६

भोजपुर । नोबेल शिक्षण अस्पतालले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सात सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । वडा कार्यालयसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरबाट ४ सय १३ महिलासहित ७ सय ६५ बिरामीको निःशुल्क उपचार गरिएको हो ।

 नोबेलबाट गएका विशेषज्ञ चिकित्सकहरुले शिविरमा सामान्य शल्यक्रियासमेत गरेका छन् । शरिरमा गाँठागुँठी पलाएका २३ जना बिरामीको शिविरमै शल्यक्रिया गरिएको हो । त्यस्तै दाँतमा समस्या भएका ४५ जनाको दाँत निकालिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका २ सय १ जनाको भिडियो एक्सरे, १ सय ९५ जनाको ल्यावटेष्ट र १ सय ५ जनाको इसीजी गरिएको छ ।

गाउँमै शल्यक्रियासहितको सेवा पाउँदा बिरामीहरुले खुःशी व्यक्त गरेका छन् । पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केहि दिन अघि संखुवासभाका दुई स्थानमा पनि शिविर सञ्चालन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप