बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण
काठमाडौं । बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले सिद्धबाबा अदालतमा उपस्थित भएको जानकारी दिए । एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका थिए ।
सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको भएपनि सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका थिए ।
जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई अदालतको आदेश बमोजिम आजै जेल चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण