‘टुरिष्ट आउ,टुरिष्ट आउ हामीलाई खाउ’ भने झैं गरियोः डा.दीक्षित
काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षितले विश्वव्यापी कोरोना भाइरस फैलिरहेको बेला नेपाल सरकारले संयमता गुमाएको बताएका छन् । मंगलबार राधानीमा आयोजित कार्यक्रम बोल्दै डाक्टर दीक्षितले संसारभर कोरोनाको महामारी फैलिरहेका बेला नेपालले भने केबल ‘भ्रमण वर्ष–भ्रमण वर्ष’ भनेर ढोङ्ग पिटिरहेको बताए ।
कार्यक्रममा बोल्दै दीक्षितले अहिले सरकारले कोरोनालाई आउ हामीलाई सिध्याउ भने जस्तै गरिरहेको आरोप लगाए । ‘चीनबाट शुरु भएको कोरोना आक्रामक रुपमा विश्वभर फैलिसकेको छ । यसले अझै कति महामारीको रुप धारण गर्ने हो कसैलाई पत्तो छैन ।’ डा.दीक्षितले भने, ‘तर नेपाल भने यस प्रकोपप्रति अलिकत्ति पनि संवेदनशील छैन । सरकार केबल भ्रमण वर्ष भ्रमण वर्ष भनेर चिच्याई रहेको छ ।’ कतै भ्रमण वर्षको नाममा सरकार टुरिष्ट आउ टुरिष्ट आउ हामीलाई खाउ त भनिरहेको छैन ? डा.दीक्षितले भने ।
यसै प्रसंगलाई जोड दिँदै डा.दीक्षितले सुप्रिम कोर्टले समेत संक्रममित मुलुकहरुमा नजान र उडान समेत नभर्न भनिसकेको अवस्थामा अटेर गरेर नेपाल एयरलाइन्सले उडान भरेको बताए । यसले देशको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्नुका साथै कानुनी राज्यको समेत उपहास गरेको उनले जिकिर गरे ।
यसै कार्यक्रममार्फत दीक्षितले कोरोनाको संवेदनशिलताप्रति सरकारले फिक्का नजरअन्दाज गरेको र सीमा सुरक्षा तथा एयरपोर्टमा लापरबाही गरेको आरोप लगाए । कोरोना संक्रमित मुलुकहरु जापान, कोरिया, अमेरिका लगायतका देशहरुसहित उच्च प्रभावित देश चीनबाट समेत ठूलो संख्यामा पर्यटकको रुपमा नागरिकहरु निर्वाध नेपाल भित्रिरहेको बताउँदै यसतर्फ सरकारको ध्यान जान नसेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण