लक्ष्मी हुण्डार्ई ले ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०२०’ आयोजना गर्दै
काठमाडौं– नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले यस वर्ष पनि ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट २०२०’को आयोजना गर्ने भएको छ ।
उक्त टुर्नामेन्ट Gleneagles design गोकर्ण गल्फ क्लबमा यही आउदो शुक्रबार र शनिबार ६ र ७ मार्च, २०२० मा हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डीक्यापमा खेलिने छ ।
यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विजेता, फर्स्ट रनर अप, सेकेण्ड रनर अप, बेष्ठ ग्रस, महिला विजेता, वरिष्ठ विजेता (६० वर्ष उमेर माथिका), जुनियर विजेता, (१७ वर्ष उमेर मुनीका), हुण्डाई ओनर क्याटगरी विजेता, सवैभन्दा लामो ड्राइभ, छोटो दुरीको र बर्डिज मा विजेता घोषित गरिने छ ।
यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरूप एक थान हुण्डाई ग्राण्ड आई१० (माग्ना) गाडी प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ । हुण्डाईले विश्वभर नै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण