प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै मन्त्री र सांसद अस्पतालमा (तस्बिरहरु)

काठमाडौं । दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थक, सुभेच्छुक र सर्वसाधारणले अस्पताल नै पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
बुधबारै नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडेल तथा मन्त्रीहरु शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, राम बहादुर थापा, अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरे ।
त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्ल्सिना पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका थिए । मन्त्री वसन्त नेम्वाङ, लेखराज भट्ट तथा सांसदहरु सांसद रामनारायण बिडारी, कोमल वली, नारायणकाजी श्रेष्ठ र मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष