शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ: प्रदिप पौडेल
तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका छात्रछात्रालाई आज झोला वितरण गर्दै केन्द्रीय सदस्य पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हाबी भइरहेको छ, यसलाई रोक्नुपर्छ ।’
नेता पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै शिक्षक र अभिभावकको चासोले शिक्षा क्षेत्रमा सुधार सम्भव रहेको बताए । उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा पौडेलले विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई झोला वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण