काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने
नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरिएको हो ।
प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु, जिल्ला प्रशिक्षण शाखाका प्रमुख (जिल्ला उपसभापतिहरु) को संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।
बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिएका थिए ।
बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राख्नुभएको सचिव आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण