सरुमारानीका २ घर–गोठ जलेर नष्ट
बुधबार, २१ फागुन २०७६, २३ : ०१
प्यूठान । सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ र कस्मीरा मियाको घर जलेर नष्ट भएको हो । घर नजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार करिब दिउँसो १ वजे सल्किएर आगलागी भएको प्रहरी स्रोतले जनाएको छ । दुई घर र एक गोठमा भएको आगलागीबाट २३ लाख बराबरको क्षति भएको प्रहरी चौकी ढुंगेगाढी दरभानका प्रहरी सहायक निरिक्षक खेमराज बुढाथोकीले जानकारी दिए ।
गाउँपालिकाले प्रति घर परिवार २० हजारका दरले राहत प्रदान गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए । स्थानीय,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाइटी बाङ्गेसाल उपशाखा लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण