मोबाइलमा ‘प्याक’ बाँकी हुँदै ब्यालेन्स काटिने समस्या, समाधान कसरी गर्ने ?
काठमाडौं । कल गर्न र इन्टरनेट चलाउन अहिले भ्वाइस प्याक र डाटा प्याक लिने चलन अत्यधिक छ । सामान्य अवस्थामा भन्दा निकै सस्तो पाइने भएपछि यसमा अधिकांश मोबाइल प्रयोगकर्ताहरु आकर्षित छन् । तर केही दिनदेखि नेपाल टेलिकमको मोबाइलमा अनौठो समस्या देखिएको छ । त्यसरी लिइएको प्याक बाँकी नै रहँदा पनि त्यसलाई सिस्टमले सपोर्ट गर्दैन । तर मेन ब्यालेन्सबाट त्यसको पैसा काटिन्छ । यो समस्याका कारण सेवाग्राहीहरुमा समस्या देखिएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले पनि त्यस्तो समस्या छिटपुट रुपमा देखिएको स्वीकार गरे । ‘मैले प्राविधिकहरुसँग कुरा गरेँ, छिटपुट रुपमा त्यस्तो समस्या देखिएको रहेछ’ जोशीले भने– ‘तर त्यस्तो समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।’
उनले त्यस्तो समस्या आउने सेवाग्राहीलाई टेलिकममा गुनासो गर्न समेत आग्रह गरे । ‘कोही कसैको मोवाइलमा त्यस्तो समस्या देखिए १४९८ मा डायल गर्न सक्नुहुन्छ । उहाँहरुले कम्प्लेन गर्नेबित्तिकै प्राविधिकहरुले त्यो समस्या समाधान भइहाल्छ’ उनले भने । तर त्यस्तो समस्या दीर्घकालिन रुपमा नहुने र सेवाग्राहीले प्याक लिँदालिँदै पनि मेन ब्यालेन्सबाट काटिएको पैसा फिर्ता समेत हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण