कोरोना भाइरसको महामारीका कारण वैदेशिक व्यापारमा अस्थायी प्रभाव पर्छः चीन
एजेन्सी । माहामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको बाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भने, ‘चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतीजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।’
उनले भने, ‘झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, साङ्घाई, शान्दोङ र चोङ्किङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन् ।’
‘सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकोले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएका छन् भने चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको छ,’ लीले भने । ‘यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयात दुबैमा कम हुनेछ,’ लीले भने । देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वभाविक रूपमा लामो समय लाग्छ ।
‘मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने छ, विदेशी व्यापार उद्यमहरूलाई थप सटिक उपायहरू प्रदान गर्न सहयोग पु¥याउने छ, उत्पादन पुनः सुरु गर्न र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ,’ लीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण