एसओएस बालग्राममा एकल महिलालाई तालिमसहित आकर्षक रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं । पारिवारिक संरक्षणबिहीन तथा परिवारको संरक्षणबाट बञ्चित हुने अवस्थामा रहेका बालबालिकाका लागि नेपालमा ४८ वर्षदेखि कार्यरत एसओएस बालग्रामले २५ जना एकल महिला (अविवाहित, विधवा तथा पारपाचुके गरेका) लाई १२ महिने तालिमसहित रोजगारी दिने भएको छ ।
१० कक्षा उत्तीर्ण भइ २५ देखि ३५ वर्ष ननाघेका एकल महिलाले आगामी चैत १२ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित एक सूचनामा उल्लेख छ ।
सूचनाअनुसार तालिममा छनोट भएका २५ जनालाई ३ महिने सैद्धान्तिक तालिम अवधिमा खाना, आवासीय सुविधा र मासिक १३ हजार रुपैयाँ दिइनेछ भने ३ महिने सैद्धान्तिक तालिमपछि छानिएका उम्मेदवारलाई मासिक १३ हजार र खाना तथा आवासीय सुविधा दिइनेछ ।
यसैगरी १ वर्षको तालिम सकिएपछि उनीहरुलाई एक वर्ष परीक्षणकाल कायम गरेर विभिन्न एसओएस बालग्राममा खटाइनेछ भने त्यहाँ काम गर्दा उनीहरुले खाना र आवासीय सुविधासहित १४ हजार पारिश्रमिक (कार्यबाहक आन्टी पद) र १७ हजार पारिश्रमिक (कार्यबाहक आमा पद) मा पाउनेछन् ।
यसैगरी परीक्षणकाल सकिएपछि उनीहरुलाई स्थायी नियुक्ति दिइने सूचनामा उल्लेख छ । स्थायी भएकाले आन्टी पदमा २० हजार २०० र आमा पदमा २५ हजार ६०० पारिश्रमिकसहित खाना र आवासीय सुविधा पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण