बलात्कार आरोप लागेका पूर्वडीएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद
शुक्रबार, २३ फागुन २०७६, ०९ : ३३
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले बिहीबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले खिउजूले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले महानगरीय प्रहरी बृत्त चापागाउँको डीएसपी हुँदा ती युवतीलाई जागिरको प्रलोभन दिएर बलात्कार गरेको आरोप छ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण