कोरोनाको त्रासले परीक्षा रद्द गरेर विद्यालय बन्द (सूचनासहित)
काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै कैलालीस्थित धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । धनगढी उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुण २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
नगर प्रमुख नृपबहादुर वडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण