नदीले बगाउँदा एमबीबीएस अध्ययनरत विद्यार्थी बेपत्ता
शनिबार, २४ फागुन २०७६, १६ : ४०
धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् ।
भारतको बिहार राज्यको पूर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए ।
आफूसँगै अध्ययनरत साथीहरुसँग घुम्नको लागि मुलघाट आएका कुमारलाई सेल्फी खिच्ने क्रममा दिउँसो १२.५० बजे नदीले बगाएको थियो । नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको भएपनि हालसम्म फेला नपरेको एसपी कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण