साल्ट ट्रेडिङसँग छ १० महिनालाई पुग्ने नुन, चिनी र ग्यासमा पनि समस्या छैन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफूले वितरण गर्दै आएको कुनैपनि वस्तुको वितरण र आपूर्ति प्रणालीमा समस्या नरहेको स्पष्ट पारेको छ ।
कोरोना भाइरसको संक्रमणपछि आपूर्ति ठप्प हुने हल्लासँगै बजारमा कालोबजारी बढ्न थालेको बेला साल्ट ट्रेडिङले अहिलेसम्म मौज्दात र आपूर्तिमा समेत कुनै पनि प्रकारको समस्या नरहेको स्पष्ट पारेको हो ।
कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको कर्पोरेसनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले जानकारी दिए ।
यो स्टकले नै करिब १० महिनाको बजारको माग धान्ने तथा अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको भन्दै उनले यो संक्रमणको कारण बजारमा नुनको अभाव नहुने स्पष्ट पारे । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ ।
साल्ट ट्रेडिङले अहिले ६ महिनाको आयातलाई धान्न सक्नेगरी बफर मौज्दात राख्दै आएको छ । यसका लागि अहिले १ लाख ३६ हजार मेट्रिक टन नुन छुट्याइएको छ । त्यस्तै अहिले बजारमा रहेको र मार्गस्थलमा रहेको समेत गरी २२ हजार ५ सय मेट्रिकटन थप मौज्दात समेत गरी कुन १ लाख ५८ हजार ५ सय मेट्रिक टन स्टक रहेको हो ।
त्यस्तै, चिनी र ग्यासमा समेत कुनै पनि अभाव नभएको र नियमित रुपमा उत्पादन तथा वितरण भइरहेको झाले जानकारी दिए । अहिले साल्ट ट्रेडिङसँग २ हजार ५ सय मेट्रिक टन चिनी गोदाममै छ भने ७ हजार ५ सय मेट्रिकटन मार्गस्थल रहेको जनाइएको छ ।
अहिले नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिकटन चिनीको माग छ भने नेपालको उत्पादन क्षमता १ दाख ८० हजार मेट्रिकटन छ । साल्ट ट्रेडिङ र अन्य उद्योगीहरुसँग समेत गरी अहिले नै १ लाख १० हजार मेट्रिकटन चिनी स्टक रहेको उद्योग मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले नुन र चिनीका अतिरिक्त एससीटी ग्यास समेत उत्पादन र बिक्री गर्दै आएको छ । यसको उत्पादन र बिक्री पनि नियमित भइरहेको साल्ट ट्रेडिङको दाबी छ ।
अहिले दैनिक औसत ३० हजार सिलिन्डर ग्यास बिक्री भइरहेकोमा माग बढ्न थालेपछि शनिबारदेखि दैनिक ४५ हजार सिलिन्डर उत्पादन सुरु भएको छ । उद्योगमन्त्री लेखराज भट्टले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ग्यासको समेत आपूर्ति प्रणाली नियमित भएको भन्दै सर्वसाधारणलाई अनावश्यक रुपमा ग्यास थुपार्दा जोखिम थपिनेमा सचेत रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण