अब ५ रुपैयाँमा मास्क पाइने, व्यवसायी मल्होत्राले उपलब्ध गराउने
आइतबार, २५ फागुन २०७६, २१ : ३०
काठमाडौं । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।
नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्।
चेम्बरद्वारा गठित कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दै छन् ।
मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्रा बताए ।
प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण