मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अब ५ रुपैयाँमा मास्क पाइने, व्यवसायी मल्होत्राले उपलब्ध गराउने

आइतबार, २५ फागुन २०७६, २१ : ३०
आइतबार, २५ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।

नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्।

चेम्बरद्वारा गठित  कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दै छन् । 

मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्रा  बताए । 

प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए ।  कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप