नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ
सोमबार, २६ फागुन २०७६, १६ : २४
पर्सा । नक्कली नेपाली नागरिकता, जन्म/मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका-७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण