चार दिनपछि सुनको मूल्य बढ्यो, तोलामा ८२ हजार ७०० पुग्यो
मङ्गलबार, २७ फागुन २०७६, १२ : ०५
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चार दिनयता स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार फागुन २३ गते अर्थात गत शुक्रबार छापावाल सुन तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । यसअघि सोमबार ८९० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण