कोरोनाभाइरस रोकथामबारे उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै
मङ्गलबार, २७ फागुन २०७६, १२ : २७
काठमाडौं । नोभलकोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिले छलफल गर्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले स्वास्थ्य मन्त्रालयका पदाधिकारी, चिकित्सक, उद्योगीलगायत सम्वद्ध पक्षसँग छलफल गर्दैछन् । दिउँँसो १ बजे हुने छलफलमा कोरोना भाइरस रोकथामका लागि हालसम्म चालिएका कदम, भइरहेको काम र आगामी रणनीतिका बारेमा छलफल गर्ने मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
विश्वमा द्रूतगतिमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले उपप्रधानमन्त्री पोखरेल संयोजक रहने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समिति बनाएको थियो । आजको बैठकपछि समितिले थप रणनीति बनाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण