अख्तियारद्वारा सहायक वन अधिकृत र प्रधानाध्यापकविरुद्द आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यलय नवलपरासी सुस्ताका सहायक वनअधिकृत कृष्णबहादुर देवकोटासहित ३ जना विरुद्द विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले देवकोटासहित सोही कार्यालयका कार्यलय सहयोगी प्रमोदकुमार तेली र भूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापतिकुमारी शर्माविरुद्द आरोपपत्र दायर गरेको हो ।
अख्तियारले देवकोटा र तेलीलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले उनीहरुविरुद्द भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।
त्यस्तै, प्रधानाध्यापक शर्माले भारतको इलाहावाद हाइस्कुलबाट परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कलीइ झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर उक्त विद्यालयबाट सरकारी र सुविधा एवम् लाभ लिएको आरोप आयोगले लगाएको छ । शर्मामाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) एवम् प्रचलति भ्रष्टचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग दाबीसहित अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण