संसदीय टोली र युएईको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता
युएई भ्रमणमा रहेका संसदीय टोलीले युएईको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग भेट गरेका छन्।
युएईमा कार्यरत नेपाली कामदारहरूको स्थलगत अध्ययन गर्ने उद्देश्यले युएई भ्रमणमा रहेको संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवको नेतृत्वको टोलीले संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग भेट गरेकाे हाे।
भेटघाटमा सभापति श्रीवास्तवले युएईमा नेपाली कामदहरूको हित र नेपाल युएई द्विपक्षीय सम्बन्धमा छलफल गरेको नेपाली दुताबास आबुधावीले जनाएको छ।
उक्त भेटमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र युएईका लागि नेपाली राजदूत म कृष्णप्रसाद ढकालको समेत उपस्थिति थियो ।
१० दिन पहिले खाडी मुलुक भ्रमणमा निस्केको संसदीय टोली ओमन, साउदी अरब पछि युएई आएका थिए। युएईमा रहँदा उनीहरुले यहाँ कार्यरत नेपाली समुदायका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए।उक्त टोली आज स्वदेश फर्किसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण