प्रधानमन्त्रीको स्वास्थ्यबारे आएको खवर १०१ प्रतिशत झुट : सचिवालय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्री ओलीको सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।
आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।
‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ’, सामाजिक सञ्जालमा थापाले लेखेका छन् ।
यसैवीच प्रधानमन्त्री ओली उपचाररत अस्पताल त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण