नायक दम्पत्तीमा पनि कोरोना भाइरस देखियो
नायक टम ह्यान्क्सले श्रीमती रिटा विल्सनसहित आफूलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले रोगको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् ।
अब उनीहरुले आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी दिएका छन् ।
ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए ।
बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरेको थियो ।
ह्यान्क्सले इन्स्टाग्राममा लेखे, ‘हामी रुघा खोकी लागेको जस्तो गरी थकित भएका थियौं । जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ ।’
‘के भएको भनेर परीक्षण गराइहाल्यौं । हामीमा कोरोना भाइरसको संक्रमण देखियो,’ उनले लेखे ।
यसबारे अपडेट गराइरहने उनले जानकारी दिए ।
अष्ट्रेलियामा १ सय ३० जनामा संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण