सुनको मूल्य सामान्य बढ्यो
आइतबार, ०७ असार २०८३, ११ : ०९
सारांश
- नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
- आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
- सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ । अघिल्लो कारोबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको छ । असार ५ गते चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण