आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कोरोनाभाइरसः के हो महामारी र अहिले किन घोषित गरियो ?

बिहीबार, २९ फागुन २०७६, १२ : ५९
बिहीबार, २९ फागुन २०७६

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब कोरोना भाइरसलाई महामारीको संज्ञा दिएको छ ।

यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारीको सूचीमा राखेको थिएन ।

महामारी त्यतिबेला घोषित हुन्छ जब कुनै रोग एकै समयमा संसारका विभिन्न देशका मानिसहरुबीच फैलिरहेको हुन्छ ।

डब्ल्यूएचओका अध्यक्ष डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस बारेको निष्क्रियता चिन्ताजनक भएको भन्दै यसलाई अब महामारी भन्न मिल्ने बताएका छन् ।

के हो महामारी ?

यो परिभाषा ती संक्रमणकारी रोगका लागि प्रयोग गरिन्छ जुन निकै तीब्र रुपमा विभिन्न देशमा एकैसाथ मानिसहरुबीचको सम्पर्कका कारण फैलने गर्छ ।

यसअघि सन् २००९ मा स्वाइन फ्लूलाई महामारी घोषित गरिएको थियो । विशेषज्ञका अनुसार स्वाइन फ्लूका कारण थुप्रै लाख मानिसहरुको मृत्यु भएको थियो ।

जब भाइरस पूर्ण रुपमा नयाँ हुन्छ, सजिलै व्यक्तिबीच संक्रमित भइरहेको छ र मानिसको सम्पर्कबीच निरन्तर रुपमा फैलिरहेको छ भने यसलाई महामारीको संज्ञा दिइने सम्भावना अत्यधिक हुन्छ ।  

कोरोना भाइरसले यी सबै मापदण्ड पूरा गरेको छ ।

अहिलेसम्म कोरोना भाइरसको कुनै उपचार वा खोप छैन । भाइरसलाई क्रमशः नियन्त्रणमा ल्याउनु नै यहाँ सबैभन्दा महत्वपूर्ण छ ।

कोरोनालाई अहिले किन महामारी भनिएको हो ?

फेब्रुअरीको अन्त्यमा डा. टेडरोजले भनेका थिए, ‘कोरोना भाइरसमा महामारी बन्ने क्षमता त छ तर संसारभरी यसको अनियन्त्रित वृद्धि नभएकोले अहिले नै यसलाई महामारी भन्न मिल्दैन ।’

तर अब कोरोना संक्रमित देशको संख्यामा व्यापक वृद्धि भइसकेको छ । ताजा आँकडा अनुसार १ सय २४ देशमा अहिलेसम्म १ लाख २६ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

तर भाइरसबारे भाषा र परिभाषा परिवर्तन गर्दा जुन गतिमा भाइरस फैलिरहेको छ त्यसमा कुनै असर भने पर्नेछैन ।

तर डब्ल्यूएचओलाई लाग्छ कि अब देश यसबारे थप गम्भीर हुनेछन् ।

डा. टेडरोजले भने, ‘कति देश क्षमताको कमीसँग जुधिरहेका छन् । कुनै स्रोत साधनको कमीसँग जुधिरहेका छन् । र कति देश इच्छाशक्तिको कमीसँग जुधिरहेका छन् ।’

उनले भने, ‘डब्ल्यूएचओ सबै देशले यस्तो कदम उठाओस्, आपतकालीन प्रतिक्रिया तन्त्रलाई लागू गरोस् र यसको क्षमता बढाइयोस् भन्ने चाहन्छ । मानिसहरुलाई यसको खतरा र सुरक्षाका उपायबारे पनि जानकारी दिइयोस् भन्ने चाहन्छ ।’

‘कोरोना भाइरस संक्रमणको हरेक मामलालाई खोजियोस्, परीक्षण गरियोस्, उपचार गरियोस् र उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरियोस्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप