कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ११५ पुग्यो (अपडेट)
एजेन्सी । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार पाँच हजार ११७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे एएफपीले विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङक्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण