बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उनले बताए । स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण