पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स, बताइन् यस्तो कारण
पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।
उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् ।
उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाे’ ।’
उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’
उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएकी छिन् ।
उषाको यो स्टेटसमा थुप्रैले समर्थन गर्नुका साथै चिन्ता व्यक्त गरेका छन् ।
यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए ।
उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो ।
सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीर्थ भट्टराईको मोबाइलको परीक्षण गरेपछि अन्यको संलग्नता खुल्ने
-
वडाध्यक्ष कप फुटबलको तेस्रो संस्करणमा १६ टोली
-
युवासंघलाई ओलीको ‘टिप्स’ : पोखराबाट फर्कँदा कसैको अनुहार रातोपिरो नहोस् !
-
अख्तियारको छानबिनमा परेका सहसचिव भट्टराई : ठेक्का विवाददेखि त्रिपाल काण्डसम्म
-
बैंककबाट ल्याएको साढे ४ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद
-
सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ