पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स, बताइन् यस्तो कारण
पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।
उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् ।
उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाे’ ।’
उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’
उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएकी छिन् ।
उषाको यो स्टेटसमा थुप्रैले समर्थन गर्नुका साथै चिन्ता व्यक्त गरेका छन् ।
यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए ।
उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो ।
सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण