दैनिक १ लाख सिलिन्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था आउँदैनः निगम
काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए । उनले भने, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो ।
काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ ।’ निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए ।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उनको भनाई छ । विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उनले स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण