के हुन्छ प्रहरीले बरामद गरेको १० लाख बढी मास्क ?

काठमाडौं । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहँदा नेपाली बजारमा पनि मास्कको चरम अभाव भइरहेको छ । यही बेला मास्कमा कालोबजारी हुँदा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा मास्क बरामद गरेको छ । आइतबार र सोमबार मात्रै प्रहरीले १० लाखभन्दा बढी मेडिकल मास्क बरामद गरेको छ ।
ठूलो परिमाणमा मास्क बरामद भएपछि बजारमा अब मास्कको अभाव नहुने आम जनमानसको बुझाइ छ । यहीबीच बरामद भएको मास्क अब के हुन्छ त ? सर्वसाधारणले प्रयोग गर्न पाउँछन् त ? आम जनमानसमा यो पनि चासोको विषय छ ।
बरामद मास्क अब प्रयोग गर्न पाइन्छ भन्दै धेरै मानिसहरुले ठानेका छन् । तर, बरामद मास्क तत्काल बजारमा पठाइँदैछन बरु प्रहरीले सिलबन्दी गरेर थन्क्याउनेछ ।
बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा उपभोक्ता कालोबजारीको रूपमा मास्क किन्न बाध्य छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बरामद गरेको मास्क गोदाममा शिलबन्दी गरेर थन्क्याइने बताए ।
‘कानुनी प्रक्रिया पूरा नभएसम्म बरामद सामग्री हामीसँगै रहन्छ । कानुनी प्रक्रिया सिडिओको निर्णयमा भर पर्छ,’ डीएसपी बोगटीले भने, ‘कालोबजारी सम्बन्धी कसुर हेर्ने अधिकार सिडिओसँग छ ।’
मुद्दा टुङ्गो नलागेसम्म बरामद मास्क जफत नै रहनेछ । प्रक्रिया टुंगो लागेपछि जफत गरिएको मास्क नेपाल सरकारबाट बिक्री हुनसक्ने कानुनी व्यवस्थामा उल्लेख छ ।
यसरी बजारमा मास्कको चरम अभाव भइरहेबेला मास्क थन्क्याउनु भन्दा टेण्डर प्रक्रिया गरेर कसैलाई बेच्न दिनु सरकारी अधिकारीहरुको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन