प्रदेश - ५ मा नियमावलीहरु अध्ययन गर्न उपसमिति गठन
बुटवल । प्रदेश– ५ को प्रदेश सभा अन्तर्गतको रहेकोे प्रदेश मामिला तथा कानून समितिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र बिभिन्न मन्त्रालयहरुद्धारा बनाएका नियमावलीहरुको अध्ययन गर्न दुई छुट्टा छुट्टै उपसमिति गठन गरेको छ ।
आज बसेको समितिको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र बिभिन्न मन्त्रालयहरुद्धारा बनाएका नियमावलीहरुको बिस्तृत अध्ययन गर्न दुई छुट्टा छुट्टै उपसमिति गठन गरेको हो ।
समितिका सदस्य भोज प्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा खड्ग बहादुर खत्री र भगवती देबी भण्डारी रहेका छन् भने सरस्वती गौतमको संयोजकत्वमा गठित उपसमितमा रमा अर्याल र हरी रिजाल रहेको समिति सचिब सीता घिमिरेले जानकारी दिइन् ।
उपसमितिले प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश लोकसेवा आयोग ऐन र प्रदेश संघ संस्था दर्ता सम्बन्धी ऐनहरुका नियमावलीहरु विस्तृतमा अध्ययन गरी समितिलाई प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र बिभिन्न मन्त्रालयहरुद्धारा बनाएका नियमावलीहरुको बारेमा मोटामोटी रुपमा छलफल भएको र बिस्तृत रुपमा अध्ययन गर्नका लागि दुई छुट्टा छुट्टै उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति दामा कुमारी शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण