सिरहाका ९ जनालाई कोरोना संक्रमणको आशंकामा जनकपुर पठाइयो
सिरहा । कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।
केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।
उनले भने, ‘उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’
उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष ले जानकारी दिए ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण