चलचित्र पत्रकार संघमा नयाँ नेतृत्व
मङ्गलबार, ०४ चैत २०७६, ०८ : १६
काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् ।
सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् ।
प्रदीप कार्की संघको कोषाध्यक्षमा निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा विनोद पोखरेल विजयी भएका हुन् ।
संघको सदस्यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण