रोट्रयाक्टको कोरोना सचेतना अभियानः पैदलयात्रीलाई नि:शुल्क मास्क वितरण
पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसबाट बच्न पोखरामा अभियान सुरु भएको छ । पोखरा रोट्रयाक्ट क्लव अफ न्युरोड र रोट्रयाक्ट क्लव अफ अन्नपूर्णले संयुक्त रुपमा सचेतना अभियान थालेका हुन् ।
सचेतनाको पहिलो अभियान स्वरुप क्लबले पोखराको पृथ्वीचोकमा बाटोमा हिड्ने पैदलयात्रुलाई निशुल्क मास्क वितरण गरेका छ । कोरोना भाइरस (कोभिड १९) का कारण आम मानिसमा देखिएको सन्त्रासलाई मध्यनजर गरि जनचेतना फैलाउने उद्देश्यले पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड र रोट्रयाक्ट क्लव अफ अन्नपूर्णले पोखरामा निशुल्क रुपमा मास्क वितरण गरि कोभिड १९ बाट वच्न र बच्नका लागी सचेतनामूलक कार्यक्रम सुरु गरेको अन्नपूर्ण क्लवका अध्यक्ष रोट्रयाक्टर रोहित गिरीले जानकारी दिए ।
क्लवले मङगलबार पृथ्वीचोकमा आवतजावत गर्ने पैदलयात्रुहरुलाई ५ सय वटा मास्क वितरण गरेको छ । समाजमा आउने परिस्थितिलाइ सामना गर्न जुनसुकैवेला पनि तयार रहेको दुवै क्लवका रोट्रयाक्टर सदस्यहरुले बताए ।
यस्तै, बढ्दै गइरहेको प्रकोपका कारण राज्यले पनि भीडभाड हुने ठाँउहरु सपिङ मल, सार्वजनिक मेला महोत्सव तथा पठनपाठन हुने ठाँउमा हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने तथा अत्यावश्यक वस्तुहरु मास्क र सेनिटाइजरको सहज रुपमा उपलब्ध गराउनुपर्ने पोखरा रोट्रयाक्ट क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गणेश भण्डारीले बताए । उनले आगामी दिनमा थप सचेतनामूलक कार्यक्रमहरु गर्दै जाने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण