स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ
काठमाडौं । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ बाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरीसहित २ जना रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-१२ स्थित जनकपुर एयरपोर्टबाट ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ सहित भारत मुजफरपुर बस्ने २० वर्षीय शिवम कुमारलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौं जान लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण