तनहुँमा ५१ विद्यार्थी परीक्षाबाट वञ्चित
तनहुँ । यही चैत ६ गतेदेखि हुने एसइई परीक्षामा यहाँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिए ।
उनका अनुसार सामुदायिक विद्यालयतर्फका एक सय सोह्र विद्यालयबाट दुई हजार पाँच सय २१ छात्रा, दुई हजार दुई सय २५ छात्र गरी चार हजार सात सय ४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट छ सय ११ छात्रा र आठ सय ७३ छात्र गरी एक हजार चार सय ८४ गरी कूल छ हजार दुई सय तीस विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन् । जसमा छात्रातर्फ तीन हजार एक सय ३२ र छात्रतर्फ तीन हजार ९८ रहेका छन् । गत वर्ष जिल्लामा छ हजार दुई सय ९१ विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण