कोरोनाबाट जोगिने औजार उपकरण उपलव्ध गराउन चिकित्सक संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउन धेरै ढिला भई सकेको जनाएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले ठोस र प्रभावकारी निर्णयहरु गरी तुरुन्त कार्यान्वयन गर्न माग गरेको छ । उसले विश्वभर द्रुत गतिमा बढ्दै गएको र धेरै मानिसहरुलाई संक्रमित हुनबाट रोक्न दक्षिण एसियाका देशहरुले अनिवार्य रुपमा सबै उपायहरु अवलम्बन गर्नु पर्ने विश्व स्वास्थ्य संगठनले बताएका बेला सरकारले भने पर्याप्त ध्यान नदिएको जनाएको छ ।
‘देशभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि कोरोना भाइरसको संक्रमणबाट जोखिन सम्बन्धित स्वास्थ्य संस्थाहरुले आन्तरिक निर्देशिका तयार गरी लागू गर्न अनुरोध गरिन्छ’, संघले जारी गरेको विज्ञप्तिमा विरामीको पहिलो सम्पर्कमा नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएको हुनाले उनीहरुको स्वास्थ्यको सुरक्षाका लागि तालिम,एड्भान्स पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट लगायत औजार र उपकरण तथा संक्रमणबाट जोगिन सक्ने सामाग्रीहरुको यथाशिघ्र उपलव्ध गराउन अनुरोध गरेको छ ।
त्यस्तै स्वास्थ्य संस्थाहरुले आफ्नो संस्थाको निर्देशिका तयार गर्नुपरेमा नेपाल चिकित्सक संघको वेवसाइटमा कोभिड–१९ सम्बन्धी राखिएका जानकारीहरुलाई सन्दर्भ सामाग्रीको रुपमा सदुपयोग गर्न सकिने समेत जनाएको छ ।
संघले अस्पताल वा स्वास्थ्य संस्थामा अत्याधिक मात्रामा हुने भिड कम गर्नका लागि सर्वसाधारण नागरिकहरुले अत्यावश्यक परिस्थिति सिर्जना नहुँदासम्म नियमित चेकजाँच वा फलोअपका लागि अस्पताल वा स्वास्थ्य संस्थामा नजान र विभिन्न औषधी व्यावसायीका प्रतिनिधिहरुलाई अर्को सूचना नआउन्जेलसम्म नियमित भेटघाट नगर्न अनुरोध गरेको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण