नेपालमा छैन कोरोनाभाइरसको संक्रमण, ५१० जनाको नमुना टेस्ट गर्दा एकजनामा पनि भेटिएन
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार हालसम्म संकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
सुरुमै चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनी निको भएपछि त्यसयता कसैमा पनि भाइरसको संक्रमण नदेखिएको मन्त्रालयको भनाइ छ ।
अहिले मौसम परिवर्तनको समय रहेकाले रुघाखोकीको बिरामी हुने हुँदा अहिले थप त्रास देखिएको छ । तर सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ ।
यसैबीच विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसबाट बुधबार अपरान्हसम्म २ लाखबढी संक्रमित भइसकेका छन् भने ८ हजार बढीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


