बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा

बुधबार, ०३ असार २०८३, १८ : ००
बुधबार, ०३ असार २०८३

काठमाडौँ । नेपाल सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई बक्यौता विवरण अद्यावधिक गरी पुराना जरिवाना तथा दस्तुर मिनाहा गराउने अवसर प्रदान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयले बुधबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण आगामी असोज मसान्तभित्र पेस गरेमा यसअघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने जनाएको हो।

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ को दफा ४८ अनुसार म्यादभित्र विवरण पेस नगरेका, अभिलेख अद्यावधिक नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क तथा दस्तुर नतिरेका कम्पनीहरूले यो सुविधाको लाभ लिन सक्नेछन्।

कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार  कृष्णकुमारी श्रेष्ठका अनुसार कारोबार निरन्तर सञ्चालन गर्न चाहने वा कम्पनी दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण असोज मसान्तभित्र पेस गरी कानुन बमोजिम लाग्ने कर तथा शुल्क बुझाएमा अघिल्ला वर्षहरूको जरिवाना तथा दस्तुर मिनाहा हुनेछ।  

723999123_944677285287532_6203849593703005902_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप