जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
बुधबार, ०३ असार २०८३, १७ : ५१
सारांश
- कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त टेक बहादुर तामाङलाई प्रहरीले काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।
- तामाङ अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा थिए ।
- गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागेका थिए ।
काठमाडौँ । जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३८ वर्षिय टेक बहादुर तामाङलाई मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरखुबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए ।
रसुवा उत्तरगया गाउँपालिका वडा नम्बर ९ का उनी अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पुर्पक्ष थुनामा रहेका थिए।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण