चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ । बुधबार साँझ एक सूचना जारी गर्दै त्रिविले सो कुराको जानकारी दिएको हो ।
विश्वविद्यालयले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै क्याम्पस र कलेजका कक्षा सञ्चालन एवम् चैत ७ गतेपछिका परीक्षाहरु सञ्चालनका सम्बन्धमा बिहीबार (चैत ६) गते सूचना प्रकाशित गर्ने समेत जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको वेभसाइटमा राखिएको सूचनामा पनि सोही व्यहोरा प्रकाशित गरिएको छ ।
त्यसो त शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालया सहसचिव एवं प्रवक्ता दीपक शर्माको हस्ताक्षरयुक्त तर पत्रसंख्या एव चलानी नम्बर उल्लेख नगरिएको मिति २०७६ साल चैत्र ५ गतेको अत्यन्त जरुरी सूचनाको बुँदा नंं. १ मा चाहिँ एसईईका अलावा ‘हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा हुने गरी निर्धारण गरएको सि.टि.ई.भि.टि र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको व्यहोरा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
