बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजार बन्द गर्न धितोपत्र बोर्ड सहमत

बिहीबार, ०६ चैत २०७६, १३ : ५५
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । शेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुनेगरी शेयर बजार बन्द गर्न सहमत भएको हो । यसबारे आधिकारिक निर्णय भने बोर्ड सञ्चालक समिति बैठकले गर्नेछ । 

कोरोना भाइरसको प्रभावका कारण दिनप्रतिदिन बजार घट्न थालेपछि बजार नै बन्द गराउनुपर्ने माग शेयर बजारका सरोकारवालाहरु नेपाल धितोपत्र बोर्ड पुगेका थिए । ब्रोकर एशोसिएसन अफ नेपाल र शनेपाल इन्भेटर्स फोरम, पुँजीबजार लगानीकर्ता संघ, शेयर लागनीकर्ता संघ लगायत सबै लगानकर्ता संघका अधिकारीसँग बिहीबार दिउँसो बोर्डमा छलफल भएको थियो । 

उक्त छलफलमा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष भिष्मराज ढुंगाना, कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौड्याल, निरज गिरी तथा निर्देशक नवराज अधिकारी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद लगायत सेबोन र नेप्सेका अधिकारीहरु सहभागी थिए । 

उक्त छलफलमा बजार बन्द गर्न सबै पक्षबीच सहमति जुटेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।  ‘बजार बन्द गराउनुपर्छ भनेर हामीले गरेको मागमा उहाँहरु सहमत हुनुभयो । तर कति समय गर्ने बन्द गर्ने भन्नेमा छलफल गरेर निर्णय गर्छौं भन्नुभएको छ । हामीले चैत महिनाभरी बजार बन्द गर्न माग गरेका छौं । उहाँहरुले बोर्ड बैठक बसेर निर्णय गर्छौं भन्नुभएको छ, आइतबारदेखि बजार बन्द हुनसक्छ’ अध्यक्ष पोखरेलले भनिन् । 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बजार बन्द गर्नुपर्छ भनेर लगानीकर्ताहरुबाट माग आएको भन्दै सो मागलाई बोर्ड र मन्त्रालयमा राख्ने बताए । ‘उहाँहरु आउनुभएको थियो । बजार बन्द गर्नुपर्छ भन्नुभयो । तर बजार बन्द गर्ने कि नगर्ने हामीले निर्णय गर्ने होइन । हामीभन्दा माति बोर्ड छ, अर्थ मन्त्रालय छ । हामी लगानीकर्ता साथीहरुको मागलाई बोर्ड र मन्त्रालयसम्म पुर्याउँछौं भनेका छौं’ प्रवक्ता गिरीले भने । 

अहिलेको नियमानुसार धितोपत्र बोर्डलाई बढीमा एक हप्तासम्म बजार बन्द गर्नसक्ने अधिकार छ । त्योभन्दा बढी बजार बन्द गर्न भने मन्त्रालयकै सहमति चाहिन्छ । त्यसैले लगानीकर्ताले भनेजस्तै चैत मसान्तसम्म बजार बन्द हुन्छ कि हुँदैन भन्न भने अर्थ मन्त्रालयको निर्णयमा भर पर्ने हुनाले आफूहरुले अहिलै केही भन्न नसक्ने बोर्डले लगानीकर्तालाई स्पष्ठ सन्देश दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप