रुसमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
बिहीबार, ०६ चैत २०७६, १५ : २७
मस्को । रुसमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।
रुसी अधिकारीहरुका अनुसार ७९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनी निमोनिया लगायतका अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित थिइन् ।
पाँच दिन अघि उनी अस्पतालमा भर्ना भएको बताइएको छ । रुसको राष्ट्रिय कोरोनाभाइरस रेस्पोन्स सेन्टरले जनाएअनुसार सुरुमा ती महिला एउटा निजी क्लिनिकमा पुगेकी थिइन् । त्यहाँबाट विशेष सुविधा भएको अस्पतालमा उनको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि उनी चिकित्सककै निगरानीमा थिइन् ।
रुसमा हाल कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुसले विदेशी नागरिकको आगमनमा रोक लगाएको छ भने सार्वजनिक स्थलमा भेला तथा समारोह गर्न पनि प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण