लोक सेवा आयोगद्वारा परीक्षा स्थगित
बिहीबार, ०६ चैत २०७६, १५ : ३५
विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सञ्चालन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिहीबार नै त्रिभुवन विश्वविद्यालयले चैत ७ गते देखिकासबै परीक्षाहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण