सशस्त्र प्रहरीको टोलीद्वारा भरुवा बन्दुक ४७ वटा गोलीसहित दुईजना पक्राउ
बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीबाट चैत्र ५ गत सशस्त्र प्रहरी (एपीएफ)को टोलीले एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका बस्ने ५० वर्षिय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ बस्ने ३६ वर्षिय दिलबहादुर चौधरी छन् ।
बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद सामानसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको छ ।
यसैबीच धनुषा जिल्लाको बिदेह नगरपालिका ९ कमलारपट्टिबाट सशस्त्र प्रहरीको टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण